Sherjung bahadur Chand

Sherjung bahadur Chand

हराएको छ

लिपुलेक़ मेची महाकाली हराएको छ
छिमेक देशमा बैनिसाली हराएको छ
नेपालनामी सुन्दर बगैचाको यहाँ
मलखाद दिने ईमानदार माली हराएको छ।

 

करनालीकी यूबतीको कामले लाली हराएक़ो छ
लक्खा जवान युवाक़ो काली हराएको छ
सधै भरी अरुलाई गाली दिने मंगलेको यहाँ
आफनै मती हेर्दा गाली हराएको छ ।

 

क़िशानको हलोंको धारिलो फाली हराएको छ
मेरै सहरको फोहर बग्ने नाली हराएको छ
सुरक्षादिन अरब पुगेका यूबाहरूको श्रीमतीले यहाँ
परपुरुषको खाटमा कानको बाली हराएको छ।

 

विदेश नगइ देशमा केहीगर्छु भन्ने स्वाभिमानी थुप्रै शेरहरूको
यहाँसम्म भयो कि आजभोलि भातैखाने थाली हराएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x