सिंहदरबार भित्र मैले खाने दानो भेटेको छु
बालुवाटार भित्र मैले जग्गाको आनो भेटेको छु
बुद्दीजीवी ईमानदार कार्यकर्तालाई राजदूत बनाऊदैन
पैसा दिने ठुलो दलाल फलानो भेटेको छु।
जनकपुरमा बाराबाट उड़ाएक़ो छानो भेटेको छु
बहनामा दाताबाट क़माईखाने भाड़ों भेटेको छु
किन बोल्ने हामी ठुला साना प्रतिपक्षीहरू
भागबन्डामा मैले पनि सानो मानो भेटेको छु।
राजनीतिक विरासत सम्हाल्ने मेरै बानो भेटेको छु
मेरो गल्ती नदेख्ने कार्यकर्ता कानो भेटेको छु
सयौ वर्ष यसरी नै झुक़याऊछु खानछु म हु शेर
निमुखा जनता काटने अचानो भेटेको छु।
