साथिभाई संग मिलिरहने, कतै दुधको पानी पो हु की ?
पिलाई राख्छु सबैलाई, कतै मदिराको दानी पो हु की ?
पिऊनु हुन्न भनि पचासौ पटक सम्झायो आमाले
मान्दै नमान्ने, नसुन्ने, कतै नसुधरिने बानी पो हु की ?
प्रगतीमा निदाईरहने, कतै कुम्भकर्णको सिरनी पो हु की ?
सान राजा जस्तो गर्छु, कतै खानदानी पो हु की ?
स्वाभिमानीको आगो ज़िन्दगीभर जलाई राखेकै छु
राफताप नभएको, कतै अहंकारको खरानी पो हु की ?
घरगाऊँमा कमैं बस्छु, कतै मुग्लानी पो हु की ?
प्रायः जसो हारी राख्छु, कतै नुक्सानी पो हु की ?
अलिकती भएपनि सहयोग गरिराख्छू दिनदुःखीलाई
भंडारै रित्तो भएको, कतै खानी पो हु की ?
दुई चार त ढोग्नै आउछन, कतै मपनि मानी पो हु की ?
राम्री देख्यो कि जिस्की हाल्छू, कतै दोस्री लानी पो हु की ?
ढुगालाई पनि पानी बनाएका उदाहरण थुप्रै छन मेरा
सबै संग लड़ने, कतै मर्दको जवानी पो हु की ?
मिठासदिने कोसिस गर्छु, कतै झानी पो हु की ?
अर्ती उपदेश दिन कम छैन, कतै ज्ञानी पो हु की ?
उधारो फिर्ता गरेन कहिले, धनी लालची शेरेहरूले
फेरी मागेकै देख्छु, कतै तिनीको आम्दानी पो हु की ?
