१२ सम्म मात्र के पढनु, मान्दै पो छन कि?
६० भंदा पनि माथी छ भनि, जान्दै पो छन कि?
माया प्रेम गरी संगै बस्नुपर्छ भनि
एक आपसमैं यिनी छान्दै पो छन कि?
बाहिर हेर्न यिनिहरु, जान्दै पो छन कि?
सीसा भित्र पनि के लुक्नु ? मान्दै पो छन कि?
सबैले दिनरात फर्की फर्की हेरेपछि
तिनै शर्माई शर्माई, भाग्दै पो छन कि?
घुम्दा घुम्दै, थाक्दै पो छन कि?
ठक्करै ठक्कर, लाग्दै पो छन कि?
चक्कर माथी चक्कर लाईरहदा
आफै बिच चक्कर, चाल्दै पो छन कि?
एकै ठाऊमा घूमीरहदा, वाक्दै पो छन कि?
कुवाँ भित्रकै भित्र, पाक्दै पो छन कि?
बाहिर आउन मन त किन नलाग्दो हो
बाटो कता छ भनि, छाम्दै पो छन कि?
