Sherjung bahadur Chand

Sherjung bahadur Chand

सुरू तिमी, …….बन्नु

लज्जामा, लज्जावती झार झै बन्नु
मूल्यमा, फरारी कार झै बन्नु
मिठासमा लस्सी जस्ती छोरी मेरी
सुरू तिमी, खानामा अचार झै बन्नु ।

 

व्यवहारमा, हाम्रोघरकी चार झै बन्नु
सुन्दरतामा, नारीको हार झै बन्नु
शेरको घरकी राजकुमारी हु नबिर्सि
सुरू तिमी, सहनशीलताकी नार झै बन्नु ।

 

बिरतामा, नेपोलीयनको वार झै बन्नु
रक्षामा, बक्सर अलीको मार झै बन्नु
ग़लत मनसायले नजिक आऊनेका लागी
सुरू तिमी, बिजुलीको नागों तार झै बन्नु ।

 

बोलीमा, खुकुरीको धार झै बन्नु
जीवनमा, शान्दर्भिक सार झै बन्नु
यो चालचलन हराएको ठाऊमा
सुरू तिमी, पवित्र संस्कार झै बन्नु ।

 

मानमा, बेलयाती दरबार झै बन्नु
आनमा, गरिबको सरकार झै बन्नु
यस धर्तिमा म हुँला न हुँला छोरी
सुरू तिमी, घरकी मुलधार झै बन्नु ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x