के मिल्यो भन तिमिलाई, घरगोठ बगाए पछी
के पार्यौ हात तिमीले अब, डाडॉ भत्काए पछी
आऊनु हो तिम्रो काम, आऊ तर रिमझिम
को देखी रिसाएका छौ भन, हिजो आज छिनछिन
फुर्सत छैन भन्या जसरी, आउछौ किन हतारमा
असोज लागी सक्यो बुझ, आऊनु थियो असारमा
बगायौ खेत गरा सबै, ढुगा मुड़ा वाटिका
भत्क़ायौ पुल सब सड़कका, कसरी लगाऊने टिका
के होला बिचरा डुबानतिरका, माँछेहरूको गति?
कालदेखी नै नसुधरने तिमी, कहिले आउला मति?
सुद्ध भएन काम तिम्रा, फरक पर्दैन भंदा दानव
बग़ाई लगेका घरगरा, ल्याउन सक्छौ कि अब?
के लेखु तिम्रा कुगति, यी स साना पानाभरी
लगेर जाऊ अत्याचारी, आँसु सबका मानाभरी
कती रूवाउछौ तिमी भन, गर्द्छौ यस्तो किन?
भोलीको आस छ सबमा, रमाईलो घमाइलो दिन
