कालो टिका नलगाइ गाऊँ नपठाऊने
दुध नौनी रोटी नखुवाई स्कूल नलगाऊने
सुनाउनकै लागी रून्थे ठुलो ठुलो स्वर
आमा, रसाउछन आँखा सोच्दा हजुर
बिरालोले बाटो काटे, एकछिन रूक्नु
पाकेको केरा देखे, खान भनि टिप्नु
यस्ता कुरा नसुन्ने, को सन्तान छ र ?
आमा, रसाउछन आँखा सोच्दा हजुर
छैनबढ़ी नपकाएको कुनैदिन, अचम्मकी दानी
थिएन नसुनाएको कुनै रात, भूतको कहानी
अध्यारो देखी आज पनि लाग्छ मलाई डर
आमा, रसाउछन आँखा सोच्दा हजुर
तीनपटक दुर्घटनाबाट बचे, छाया त हो
घरमैं रमाऊन मन लाग्छ, माया त हो
अनमोल कुरा मिठो बोली, घर हूंछु मजूर
आमा, रसाउछन आँखा सोच्दा हजुर
अबिश्वासी जादू कपट मांछु, हजुरक़ो बिश्वासले
धामी, झाक़्री लाई जोड़छु हात, हजुरक़ो निस्वासले
ढोग्छु भगवानलाई म देख्दा मन्दिरको दर
आमा, रसाउछन आँखा सोच्दा हजुर
