बिरे, कृष्णे, दिले, शेरेलाई पनि, भने सोरी भदैथिंन
खेर फाल्यौ जवानी मेरो, तिमिले चोरी भदैथिंन ।
मुखियाको नभएनी काले बाऊकी, हु म छोरी भदैथिंन
सात गाऊँ हल्लाउने जोबन थियो, मेरो गोरी भदैथिंन ।।
छाड़ी गयौ मलाई तिमी, भयौ लाहुरे तोरी भदैथिंन
आँगनमा बसी बाटो हेर्छु , कपाल कोरी भदैथिंन ।
आउघर छिटो घरगाऊँमा, पापी विदेश छोड़ी भदैथिंन
ठुला ठुला भईसके हेर्नआऊँ, तिम्रा छोरा छोरी भदैथिंन।।
छोरा छोरीको बिहे गरिसके, थाहा पायौ कि भदैथिंन
नाती नातिनी समाएर गाउछु म त, गीत लोरी भदैथिंन।
सुक्यो शरीर, फुट्यो आँखा, ख़ुशी रहनु तिमी भदैथिंन
मिलन होला नि पक्का अर्कों पल्ट, आउला दोरी भदैथिंन।।
