Sherjung bahadur Chand

Sherjung bahadur Chand

ठकुरी

मुगुको दुखी ठकुरी समय नआउदई अचानक मर्यो
कहाँ जान्थ्यो र विचारा सिधै नर्कमा झर्यो
ऊ न त क़सई देखी ड़रायो
नर्ककै संसारमा ख़ुशी भई हरायो
अनि ख़ुशिले ज़ोर जोरले करायो
नर्कमा पनि यति राम्रो ब्यवस्था कसले मिलायो

 

उसको आवाज़ सुनी एउटा मुण्ड अगाडी सर्यो
अब बल्ल ऊ आफ़तमा पर्यो
डर्न छोड़ी ख़ुशिले कराउछस
तातो तेलमा हाल्छू फेरी त डराउछस

 

उसले भन्यो तातो तेलको के फुर्ती लाउछस
लडन आइजा मेरो पाखुरीमैं हराऊछस
कहाँ छ तेरो भैसिको सिंह भएको यमे
भन्दे उलाई आएको छ निडर मुगुको च्यामे

 

रिसाइ आए यमराज लिएर कालो ठुलो भैसी
शेरे गर्जियो ‘ यमे तेरी ऐसी कि तैसी’
यमराज रंकिए ‘ को होस त कहाँ बाट आको
तेरो समय थियो कि तलाई त्यतिकै बोलाक़ो’

 

शेरेले भन्यो ‘म हु मुगुको च्यामे
यमराज त जस्तालाई पनि दर्शन हाने’
‘मेरो समय त थियो त्यही पनि म आको
हो तेरो ऊ परको दूतले बोलाक़ो’

 

‘खाना कपड़ा नपाइ त्यों ठाऊ नर्क थियो
म त यही बस्छु मलाई यही स्वर्ग भयो’
नर्कलाई स्वर्ग भन्दा यमराज अचम्ममा परे
दूतलाई सोधे ‘ नर्क भन्दा पनि नर्क कतै छरे’
दूतले भन्यो ‘अस्ती म घुम्न भनि करनाली गाको’
त्यहाको दुःख देख्दा, आँसु आइ बिना समय बोलाक़ो’

 

उता च्यामे फेरी रिसायो ‘न कसै रूवाए, न कसै सताए
सरकारले सामन्ती ठकुरीभनि सुविधा न दिने बताए
तातो तेलले यमे - मलाई के डराउछस
ज़िन्दगीभरी भोकै मरे अरु कती मारछस ‘
यमराजका पनि न रसाउने आँखा रसाए
हात जोड़ी भने ,भगवानले पनि मलाई कहाँ फ़साए’

4 1 vote
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x